June 14, 2026

कुखुरापालनबाट मासिक डेढ लाख आम्दानी गर्दै भोजपुरका दिपक

0

भोजपुर, 

जिल्लामा पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् ।

यसैका उदाहरण भन्नु भएको छ भोजपुरको तिवारी भञ्याङका युवा व्यवसायी दिपक सुवेदी । विदेश बसेर फर्केपछि सुवेदीले करीब पाँच वर्षदेखि व्यावसायिक रुपमा खुकुरापालन गरिरहनुभएको छ । शुरुमा बोइलर जातको कुखुरापालनमा लाग्नुभएका उहाँले अहिले लेयर्स जातका कुखुरापालन गरिरहनुभएको छ ।

सुवेदी पोल्टीे फर्ममा अहिले दुई हजार ७०० कुखुरा छन् भने ती कुखुराले दैनिक एक हजार १०० अण्डा उत्पादन गर्दै आएका छन् ।जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको बताउने सुवेदीले मासिक रुपमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गरिहनुभएको छ ।

युवा व्यवसायी सुवेदी भन्नुहुन्छ, ‘‘विदेशमा पसिना बगाइयो, त्यहाँ गएपछि मलाई स्वदेशमा नै काम इच्छा जाग्यो अहिले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गरिहेको छु ।’’सुवेदीले अहिले पाँच जनालाई रोजगारीसमेत दिनुभएको छ ।

‘‘पहिला आफँै रोजगारीको लागि विदेश गए, हामीमा व्यावसायिक धारणा नहुँदा दुःख पाइदो रहेछ, अहिले आफैँले पाँच जनालाई रोजगारीसमेत दिएको छु’’ उहाँले भन्नुभयो ।उहाँले उत्पादन गरेका अण्डा अहिले जिल्लासँगै बाहिरी जिल्लामा समेत जाने गरेको छ ।

अहिलेसम्म करीब रु ५० लाख लगानी भइसकेको उहाँको भनाइ छ । शुरुमा खास सहयोग नपाएको भए पनि अहिले सुवेदीलाई गाउँपालिकाले ५०० चल्ला र २० बोरा चारो उपलब्ध गराएको सुवेदीको भनाइ छ ।

गाउँपालिकाले युवालाई लक्षित गरेर विभिन्न खाले सहयोग गरिएको जनाएको छ । गाउँपालिका अध्यक्ष किरण राईले भन्नुभयो, “पछिल्लो समय हाम्रो गाउँपालिकामा युवामा कृषिप्रतिको मोह बढेको छ ।” गाउँपालिकाले उनीहरुलाई प्राविधिक सहयोगसँगै अनुदानको पनि व्यवस्था गरिरहेको छ ।’’

स्थानीय सरकार सञ्चालनमा आएपछि जिल्लाका धेरै युवाहरुमा कृषिप्रतिको मोह बढ्दै गएको गाउँपालिको जनाएको छ । युवाहरुमा आएको व्यवसायप्रतिको धारणालाई कदर गर्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा योजना निर्माण गरेर विदेश जाने युवाको सङ्ख्यामा कमी ल्याउने गाउँपालिकाको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *