May 1, 2026

कारमा भिडियो लाइभ गर्दागर्दै दुर्घटना, अष्ट्रेलियामा दुई नेपालीको मृत्यु

0

काठमाडौं ।

अष्ट्रेलियाको कूमानजिकै कार दुर्घटनामा एक २२ वर्षीया नेपाली युवती समीक्षा सुवेदीको आइतबार मृत्यु भएको स्थानीय समाचार–संस्थाहरूले जनाएका छन्।

उनका साथमा उनका एक साथी गोपाल भण्डारीको पनि मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। गाडी कसले चलाएको स्पष्ट छैन ।

दुवैलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो। भिडियो लाइभ गर्दै साथीहरूलाई देखाउने उनीहरू गाउने र नाँच्ने गर्दै थिए। उनीहरू सिड्नीबाट स्नोवी माउन्टेन्स जाँदै थिए ।

उनीहरूको दुर्घटना कूमा भन्ने ठाउँनजिक मोनारो राजमार्गमा भएको हो। कार द्रुत गतिमा गएपछि नियन्त्रण गुमाएर बाटो छाड्दै बाहिर गएको थियो। उनी कारबाट उछिट्टिएर बाहिर निस्केकी थिइन। कारले धेरैपटक चक्कर लगाएको थियो ।

कारका अरू तीनलाई अस्पताल लगिएको र स्थानीय प्रहरीले उनीहरूलाई ुभाग्यले बाँचेकाु भनेको छ।–थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *