September 14, 2026

अर्जुनधारामा चेम्बर अफ कमर्श

0

अर्जुनधारा।

नगर क्षेत्रमा रहेका उद्योगी, व्यवसायीहरुलाई संगठित गरी उनीहरुको व्यावसायिक हक र अधिकारको संरक्षण गर्ने उद्धेश्यले चेम्बर अफ कमर्श अर्जुनधाराको तदर्थ समिति गठन भएको छ ।

अग्रज व्यवसायी पुष्पप्रसाद रेग्मीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको समितिद्धारा मंगलबार आयोजित पत्रकार भेटघाटमा बताइएको हो ।

समितिको सदस्यहरुमा प्रकाश श्रेष्ठ, योगेन्द्र पौड्याल, रघुनाथप्रसाद गुप्ता, रञ्जन देवकोटा, राजु घिमिरे, राजु दाहाल ‘राधाकृष्ण’, विदुर शाह, विनोद खाती, विनोद पाँचकोटी र विमल भट्टराई रहेका छन् ।

नगरपालिकामा रहेको शनिअर्जुन उद्योग वाणिज्य संघलाई लक्षित गर्दै संयोजक रेग्मी भन्छन्–“जुन संस्था जे उद्धेश्यले स्थापना भयो त्यसले उक्त कार्य नगरेपछी विकल्पकोरुपमा यो संगठन स्थापना गर्न आवश्यक भएको हो ।”

समितिले विधान अनुसार छ महिनाभित्र संस्थाको विधिवत दर्ता गरी साधारण सभा गर्ने, न्यूनतम शुल्क लिई सदस्यता बनाउने, नगरभित्र रहेको बिर्तामोड बस पार्क, लक्ष्मीपुर बजार, खुदुनावारी बजार, विहिबारे बजारमा कार्यक्षेत्र विस्तार गरी इकाई गठन गर्नेलगायत कार्य गर्ने संयोजक रेग्मीले जानकारी दिए ।

त्यस्तै भेटघाटमा सहभागी समितिका सदस्य योगेन्द्र पौड्यालले नवगठित समितिले विशुद्धरुपमा उद्योगी र व्यवासायीहरुको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *