September 14, 2026

मंसिरसम्ममा राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना नभए आन्दोलन गर्ने चेतावनी

0

काठमाडौं ।

स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दू राष्ट्र पुनर्स्थापना नगरे र राजसंस्थालाई भूमिका नदिए ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी दिएको छ।

शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा समाजले अल्टिमेटमसहितको चेतावनी दिएको हो। समाजका संयोजक हेमविक्रम सिलवालले आफूहरुले विगत लामो समयदेखि राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना गराउन विभिन्न खबरदारी गर्दै आएको स्मरण गराए। ‘२१ औं शताब्दीमा पनि नेपालमा निषेधको राजनीति भैरहेको छ,’ उनले भने, ‘परम्परागत शक्तिमाथि निषेधको राजनीति भयो।’

राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसीले देश बिगार्नेहरुलाई दण्डित नगर्नाले मुलुकको यो हविगत भएको टिप्पणी गरे। कार्यक्रमका अर्का वक्ता प्रेमी कैदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्न नेपाली जनता उठ्नुपर्ने बेला आइसकेको बताए।–थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *