September 16, 2026

मेची नदी किनारमा शव फेला

0

झापा

भद्रपुरस्थित मेची नदी किनारमा एक शव फेला परेको छ।

प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–३ स्थित सीमा पिलर १०७ र १०८ को बीच अर्थात् नेपाल भारत दशगजा क्षेत्रको मेची नदी किनारमा मंगलबार करिब ५० वर्षीय अपरिचित पुरुष मृत अवस्थामा फेला परेको हो।

शवको प्रकृति हेर्दा करिब एक साताअघि नदीमा डुबेर मृत्यु हुने सक्ने प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए। शव सडेगलेको अवस्थामा फेला परेको पुरुष शरीरमा सेतो कोठे टिसर्ट र खैरो ट्रयाक रहेको बताइएको छ।

भारतबाट नेपालतर्फ काम गर्न आउने कामदारले देखेपछि प्रहरी चौकी किचकबधको प्रहरी टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *