September 16, 2026

पहिरोले पुरिएर भोजपुरमा दुईको मृत्यु

0

भोजपुर ।

लगातारको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर भोजपुरमा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका ६६ वर्षीय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका १४ वर्षीय जनक विकको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ।

बासिखोरा राई गत २६ गते घरको पिँढीमा सुतिरहेका बेला फुसको छानोले बनेको एकतले घरको चुली भत्किए उनको ज्यान गएको इन्स्पेक्टर पाण्डव राजवंशीले बताए।

घरमा अन्य सदस्य घरबाहिर रहेकाले उनीहरु सुरक्षित रहेको राजवंशीले जानकारी दिए। बिहीबार राई शव स्थानीयले देखेपछि अस्थायी प्रहरी चौकी बैकुण्ठेमा खबर गरेका थिए।

घटनास्थलमा पुगेर प्रहरी टोलीले उनको शव निकाल्दै गरेको प्रहरीले जनाएको छ। यस्तै लेखर्कका विकको पनि चर्पीमा बस्दाबस्दै पहिरोले पुरेको थियो।

शुक्रबार बिहान करिब ८ बजेतिर चर्पी बस्ने क्रममा पहिरोले चर्पी नै बगाएपछि उनको मृत्यु भएको स्थानीय अनिलकुमार राईले भनेर अन्नपूर्ण पोष्ट डटकममा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *