September 15, 2026

काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको बस दुर्घटना तीनको मृत्यु

0

काठमाडौं ।

ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ डुडुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। मृतकहरूको सनाखत भएको छैन। बुधबार बिहान ३ः१५ मिनेटमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाको पहलमा उद्धार जारी राखेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *