September 16, 2026

हिरासतबाटै तीन जना थुनुवा फरार

0

काठमाण्डौ,

महानगरीय प्रहरी प्रभाग भैंसेपाटी ललितपुरको थुनामा रहेका तीनजना भागेका छन् । उनीहरु सोमबार राति शौचालयको ग्रील तोडेर भागेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

डकैती गरेको अभियोगमा पक्राउ परेका दुई जना र लागू औषध कारोबारमा पक्राउ परेका एकजना भागेका ललितपुरका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिनुभयो ।

उनीहरुको खोजी भैरहेको पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *