September 15, 2026

नेविसंघ झापाद्धारा विषादीको मात्रा परीक्षण गर्न माग

0

बिर्तामोड।

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गरिनु पर्ने माग गर्दै नेपाल विद्यार्थी संघ झापाले माग गरेको छ ।

बिर्तामोडमा आज ¥यालीको आयोजना गर्दै नेविसंघले यस्तो माग गरेको हो । बिर्तामोडस्थित देवि माविबाट विद्यार्थीले निकालेको ¥याली मुक्ति चौकमा पुगेर सभामा परिणत भएको थियो । सभामा नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले भारतबाट आयात गरिएका तरकारी लगायतका खाद्य वस्तुको नाका मै परीक्षण गरिनु पर्ने माग गरेका थिए ।

¥यालीमा विद्यार्थीले स्वास्थ्यको अधिकार सुनिश्चित गरिनु पर्ने, ओली तिम्रो पाराले विष खाए साराले भन्दै चर्काे नारावाजी गरेका थिए ।

कार्यक्रममा नेविसंघका प्रवक्ता संजय निरौला, जिल्ला सदस्य मनिता सिटौला, एल एक्स मैनाली, विकास वस्नेत, रमेश शेर्पा, बिर्तामोड सभापति स्ववियू सभापति संजय राई लगायतले विषादी परिक्षण विनै नेपाल भित्रिएको भन्दै चर्का नारावाजी सहित आ आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *