September 15, 2026

पेरूलाई पराजित गर्दै ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

0

एजेन्सी ।

कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ। सोमबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३–१ गोलले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो।

ब्राजिलले खेलको पहिलो हाफको १५ औं मिनेटमा एभरटनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ४४ औं मिनेटमा पेरूले बराबरी गोल फर्काएको थियो।

सो बराबरी गोल पाओलो गुरेरोले पेनाल्टीमार्फत गरेका हुन्। तर ब्राजिलले यो बराबरीलाई धेरै बेर टिक्न दिएन। पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गर्दै बाजिलले पहिलो हाफ २–१ ले आफ्नो पक्षमा पार्‍यो।

त्यसपछि ब्राजिलले टोलीका लागि तेश्रो गोल खेलको अन्तिम समयमा गर्‍यो। खेलको ९० औं मिनेटमा उक्त गोल रोचारलीसनले पेनाल्टीमार्फत गरे।

तेश्रो गोल गर्नुअघि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो। खेलको ७० औं मिनेटमा दोहोरो पहेलों कार्ड खाँदै ग्याब्रियल जिससले मैदान छाड्नुपरेको थियो। उसले सन् २००७ मा अर्जेन्टिनालाई हराउँदै कोपा अमेरिकाको उपाधि जितेको थियो।–थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *