September 16, 2026

शनिश्चरे बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः ओली

0

अर्जुनधारा।

झापाको अर्जुनधारा–७मा रहेको शनिश्चरे बहुमुखी क्याम्पसको छैटौं क्याम्पस सञ्चालन परिषद् आइतबार सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष सरोजकुमार ओलीको अध्यक्षता र प्रदेश नं.१का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष हेमप्रसाद खरेलले गरेका थिए ।

कार्यक्रममा क्याम्पसको वार्षिक प्रतिवेदन क्याम्पस प्रमुख मोहनप्रसाद ओलीले र आर्थिक प्रतिवेदन आन्तरिक लेखा परीक्षण समितिका सदस्य प्रेमप्रसाद लुँइटेलले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार गत साउन १ देखि जेठ मसान्त सम्मको जम्मा आम्दानी ९५ लाख २२ हजार चार सय ८७ रुपैयाँ तीन पैसा, जम्मा खर्च ८७ लाख ४२ हजार पाँच सय १८ रुपैयाँ तीन पैसा र जम्मा बचत सात लाख ७९ हजार नौ सय ६९ रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी कार्यक्रममा क्याम्पसको परिचयात्मक विवरण पुस्तिका–२०७६को लोकार्पण गरिएको थियो ।सोही कार्यक्रमको सन्दर्भमा दाताहरुबाट छात्रवृत्ती अक्षयकोष र नियमित छात्रवत्तीको लागि रकम घोषणा गरिएको थियो ।

छात्रवृत्ती अक्षयकोषको लागि अर्जुनधारा–५का श्रीप्रसाद बिमली, तुलसा बिमली र नमिता बिमलीको परिवारबाट क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष भीष्मराज बिमलीको स्मृतीमा एक लाख रुपैयाँ, अर्जुनधारा–११का समाजसेवी बलिराज इङनामबाट एक लाख रुपैयाँ, विनोदकुमार ओली, मोहनप्रसाद ओली, चुँडामणी ओली र ख्यामराज ओलीको परिवारबाट भद्रशिला र खिनादेवी ओलीको स्मृतीमा एक लाख रुपैयाँ, ठाकुरप्रसाद शिवाकोटी, भूवनेश्वर शिवाकोटी, पूण्यप्रसाद शिवाकोटी र हिमालय शिवाकोटीको परिवारबाट नन्दप्रसाद र धनमाया शिवाकोटीको स्मृतीमा ५० हजार रुपैयाँ रकम प्रदान गर्ने घोषणा गरिएको थियो ।

त्यसैगरी नियमित छात्रवृत्तीको लागि अर्जुनधारा–८का वडाध्यक्ष गोपीचन्द्र गौतम, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नगर अध्यक्ष प्रेमसागर सापकोटा र नेपाली काँग्रेस नगर सभापति हेमप्रसाद खरेलबाट वार्षिकरुपमा शुल्कबापत जनही १५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, अर्जुनधारा–६का वडाध्यक्ष लोकनाथ गौतम, अर्जुनधारा–७का वडाध्यक्ष नवराम ढुंगाना “नविन”, नगर सभा सदस्य कुन्दन भट्टराई, पूर्व जिविस सभापति कृष्णप्रसाद मिश्र, शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक लक्ष्मीप्रसाद रिजालले गरेका थिए ।

यसैबिच सोही परिषद्को बन्दसत्रले पुनः ओलीको अध्यक्षतामा नयाँ सञ्चालन समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हेमप्रसाद खरेल, सदस्यहरुमा आकाश राई, कुसुम राई, ताराप्रसाद उपाध्यय, दीवामाया अधिकारी, भूवनेश्वर शिवाकोटी, महेश ढकाल, मित्रप्रसाद खतिवडा, राधा बुढाथोकी र लवकुश गिरी चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *