September 16, 2026

अज्ञात रोगले बङ्गुर मर्न थाले

0

बेझाड ।

निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरमा अज्ञात रोगले बङ्गुर मर्न थालेपछि कृषक चिन्तत भएका छन् ।

घरमा पालिएका बङ्गुर धमाधम मर्न थालेपछि ठूलो नोक्सान पुगेको स्थानीयवासी ओमलाल थापाले बताउनुभयो ।“आम्दानी होला कि भनेर बङ्गुर पालेका थिए, अहिले धमाधम मर्न थालेपछि ठूलो नोक्सानी व्यहोर्नु परेको छ”, उहाँले भन्नुभयो ।

अज्ञात रोगका कारण अहिलसम्म सो ठाउँमा २० वटा बङ्गुर मरिसकेको बताइएको छ । घरमै पुगेर अनुसन्धान गर्दा रोग पत्ता नलागेपछि थप अनुसन्धानका लागि पशु सेवा विज्ञ केन्द्र पाल्पामा अनुरोध गरिएको शाखाप्रमुख ओमबहादुर मश्राङ्गीले बताउनुभयो ।

बङ्गुरमा पड्के रोग लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *