September 15, 2026

हलुवागढ–कालीखोला सिमसार क्षेत्रको घेराबारा हुँदै

0

अर्जुनधारा।

झापाको अर्जुनधारा–१मा रहेको पर्यटकीय क्षेत्र हलुवागढ–कालीखोला सिमसार क्षेत्र घेराबारा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

डिभिजन वन कार्यालय झापामा गत असार ४ गते सम्झौता भई ८ गतेदेखि निर्माण कार्य शुरु भएको उक्त घेराबारको हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको सिमसार व्यवस्थापन समितिका संयोजक एवम् हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्र तामाङले बताए ।

आगामी असार २० गते सम्म सम्पन्न गर्नुपर्ने उक्त योजनाको जम्मा लागत जनसहभागीता एक लाख ६४ हजार पाँच सय ५६ रुपैयाँ एक पैसासहित १७ लाख ६४ हजार पाँच सय ५६ रुपैयाँ एक पैसा रहेको अध्यक्ष तामाङले जानकारी दिए । त्यसको लागि वन तथा भू–संरक्षण विभागबाट ६ लाख रुपैयाँ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यापर्यटन पूर्वाधार विकास कार्यक्रममार्फत् १० लाख रुपैयाँ विनियोजन भएको छ ।

सिमसार क्षेत्रको वरीपरी १४४० मिटरमा फलामको पाइपसँग मेसीनमेड तारजालीको प्रयोग गरिएको उक्त घेराबारको उचाई दुई मिटर रहने समूहका उपाध्यक्ष काजीमान कार्कीले बताए ।

समूहको अनुमानित पाँच हेक्टर क्षेत्रफलमा सञ्चालन भएको सो सिमसार क्षेत्र दिगो विकास र वातावरणीय सन्तुलनका लागि स्वस्थ्य सिमसार भन्ने उद्धेश्यले २०७४ असोज २६ गतेदेखि निर्माण शुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *