September 20, 2026

माटाका भाँडा बनाउने पेशाप्रति युवाहरुको चासो घट्दा पेशा नै सङ्कटमा पर्ने खतरामा

0

लमही,

दाङमा कुमालहरुको पहिचान बोकेको माटाका भाँडा बनाउने पेशा लोप हुनथालेको छ । पुर्खाले गर्दै आएको माटाका भाँडा बनाउने पेशाप्रति युवाहरुको चासो घट्दा पेशा नै सङ्कटमा पर्ने खतरामा गएको कुमाल अगुवा प्रेम कुमालले बताउनुभयो । दाङको प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिए पनि पछिल्लो समय यो पेशा लोप हुने अवस्थामा छ ।

युवाहरुलाई माटोका भाँडा बनाउने पेशाप्रति आकर्षित गराउन विभिन्न तालीम प्रदान गर्ने गरिएको भए पनि सिकेको कुरा व्यवहारमा नउतार्दा पेशा नै सङ्कटमा पर्ने खतरा रहेको अर्का थारू अगुवा महादेव कुमालले बताउनुभयो ।

“हामीले छोराछोरीलाई माटोको भाँडा निर्माण गर भनेर भन्छौँ”, उहाँले भन्नुभयो, “उल्टै उनीहरुले हामीलाई मलाई के माटाका भाँडा बनाउनेजस्तो ठान्नुभयो भनेर थर्काउछन् ।” अहिले पनि बजारमा माडाका भाँडाको माग हुने गरेको भए पनि त्यही अनुसार माटाका भाँडा तयार गर्न नसकिएको उहाँको भनाइ छ ।

दाङको तुलसीपुर–७ प्रसेनीमा करीब ३०० कुमाल समुदायको बसोबास छ । ती कुमाल समुदायले पुर्खादेखि नै माटोका भाँडा बनाउने पेशा अँगाल्दै आएका थिए । अब युवालाई माटोका भाँडा निर्माण गर्नेतर्फ प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा कुमाल युवा दीपक कुमालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *