September 16, 2026

बोक्सीविरुद्धको अभियान सम्पन्न

0

पोखरा।

समाजमा यदाकदा देखिने बोक्सी कुप्रथा जस्ता अन्घविश्वास र कुरीतिको अत्न्यका लागि जनचेतना अभिबृद्धि गर्ने उदेश्यले सञ्चालन गरिएको अभियान मङ्लबार सम्पन्न भएको छ ।

बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको संयोजनमा प्रदेशका विभिन्न १० जिल्लामा बोक्सी सो अभियान सञ्चालन गरिएको थियो ।

अभियानअन्तर्गत जिल्लामा सचेतनामूलक चलचित्र ‘अग्निदहन’ प्रदर्शन गरिनुका साथै चेतनामूलक गीत प्रस्तुत गरिएको थियो । अभियानअन्तर्गत असार ७ गते मुस्ताङको घरपझोङ, ९ गते बिहान म्याग्दीको बेनी, बेलुकी बागलुङको काठेखोला, ११ गते पर्वतको कुश्मा, १२ गते स्याङ्जाको गल्याङ, १३ गते तनहुँको भिमाद, १४ गते लमजुङको मध्यनेपालमा कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिनुभयो ।

त्यस्तै असार १५ गते गोरखा सदरमुकाम, १६ गते नवलपुरको कावासोती तथा असार १७ गते कास्कीको माछापुच्छे« गाउँपालिकामा अभियानका कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो । आगामी दिनमा अभियानलाई तराईका जिल्ला केन्द्रित गर्ने योजना रहेको प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *