September 15, 2026

एसईईमा कम नम्बर आयो ? फेरि परीक्षा दिएर बढाउनुहाेस् ग्रेड

0

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले २०७५ साल चैत्रमा सञ्चालित एसईई परीक्षामा कुनै दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आउने विद्यार्थीका लागि ग्रेड वृद्धिका लागि पुरक परीक्षाको तालिका सार्वजनिक गरेको छ।

बोर्डको असार १४ को निर्णय अनुसार गत चैत्र महिनामा सञ्चालित एसईई परीक्षामा नियमित समूहबाट परीक्षामा सामेल भएका विद्यार्थीले बढीमा दुई विषयसम्म सैद्धान्तिक तर्फ सी वा सी भन्दा तल ग्रेड प्राप्त गर्ने वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीको परीक्षा यही साउन २६ र २७ हुने जनाएको छ। ग्रेडवृद्धीको लागि साउन १५ भित्र प्रवेश पत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय इकाईमा फाराम बुझाउन सूचना जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *