September 16, 2026

विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

0

अर्जुनधारा।

दलित उपभोक्ता समिति अर्जुनधारा–४को आयोजनामा वडामा रहेका चार वटा सामुदायिक विद्यालयका विपन्न दलित विद्यार्थीहरुलाई सोमबार पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

समितिकी अध्यक्ष सविता द्यौलाकुटीको अध्यक्षता र वडाध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयाजित कार्यक्रममा अर्जुनधारा माध्यमिक विद्यालयका ११ जना, लक्ष्मी प्राथमिक विद्यालयका ६ जना र शिवनारायण प्राथमिक विद्यालयका १५ जनालाई पोशाक तथा नवदुर्गा आधारभूत विद्यालयका १४ जनालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

त्यसैगरी सोही कार्यक्रमको सन्दर्भमा विपन्न १५ जना दलित परिवारलाई स्वास्थ्य वीमा कार्ड प्रदान गरिएको थियो । कार्यक्रममा वडा सदस्यद्धय धनबहादुर गजमेर र विना विसुंखे, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का एकदेव खनाल, नेपाली काँग्रेसका केदार खड्का, अर्जुनधारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीप्रसाद खतिवडा, प्रधानाध्यापक टंक बस्नेत, शिवनारायण प्राथमिक विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष शिवशंकर रिजाल, पूर्व अध्यक्ष खेम काफ्लेलगायतको आतिथ्यता रहेको थियो ।

समतिकी सचिव चन्द्रमाया दर्जीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य नर्वदा दियालीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *