September 16, 2026

अफगानिस्तानमा रहेको अमेरिकी दूतावास नजिक विष्फोट

0

एजेन्सी ।

अफगानिस्तानको राजधानी कबुलमा रहेको अमेरिकी दूताबास नजिक विष्फोट भएको छ।

सोमबार बिहान भएको घटनामा १५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेको काबुलको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ। विष्फोट लगत्तै प्रहरी घटनास्थल पुगेको हुनाले ठूलो मानविय क्षति नभएको काबुलका प्रहरी प्रवक्टा फिडोज फरमाजले बताए।

घटना कसले र के उद्श्यले गराएको भन्ने अझै खुलेको छैन्। अफगानिस्तानमा तालिबान इस्लामिक स्टेट विद्रोहीले अफगानिस्तानमा विगत लामो समयदेखि हमला गर्दै आएको छ।

कतारमा विद्रोही तालिबान र अफगान सरकारबीच वार्ता भइरहेको छ। यसलाई वार्ता भाड्नका लागि विष्फोट गराइएको हुन सक्ने केहिले आ‌ंकलन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *