May 2, 2026

झापाका मुस्लिम छात्रा उच्च शिक्षा लिनबाट बञ्चित

0

झापा गाउँपालिका – ३ निवासी संसद आलमका दुई छोरी छन् । ति मध्ये जेठी छोरी साइना विराटनगरमा उच्च शिक्षा अध्ययनरत छिन् भने कान्छी जिनत झापा गाउँपालिकामै रहेको एक निजी विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन् । यता सोही ठाउँ निवासी ज्यावुल हककी छोरी मिनारा खातुन पनि सोही ठाउँमा रहेको डिल्लीराज माविमा कक्षा १० मा अध्ययनरत छिन् ।

मुस्लिम समुदायबाट माध्यमिक शिक्षा अध्ययन गर्ने उनीहरु समाजका उदाहरणीय प्रतिनिधि पात्र हुन् । झापा गाउँपालिकामा आठ हजार मुस्लिम समुदायको जनसंख्या छ । तर, मुस्लिम समुदायका छात्राहरु सिमित मात्रामा विद्यालय जान्छन् । अशिक्षा, गरिवी, जनचेतनाको कमी, धार्मिक मान्यता, वुर्काे ओढ्नुपर्ने लगायतका समस्याका कारण अधिकांश छात्राहरु शिक्षालिनबाट अझैंपनि बञ्चित छन् । गाउँपालिका भित्र २० वटा मदरसा रहेको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । उनले भने – ‘झाउँपालिका भित्र २० वटा मदरसा भएपनि विद्यार्थीको संख्या भने न्यून छ । त्यसमाथि छात्रा विद्यार्थीलेबीचैमा पढाई छाड्ने गरेका छन् । ’

कक्षा ५ सम्म मुस्किलले छात्राले पढेपनि त्यसपछि उनीहरु मध्ये कमैले मात्र कक्षा आठ सम्मको अध्ययन पूरा गर्छन – ‘शिक्षक समेत रहेका सांसद आलम भन्छन्–‘ छात्राले पढ्न नपाउनुको अर्काे कारण सानै उमेरमा विवाह गरिदिनु पनि हो ।’

मुस्लिम समुदायमा अझैंपनि वालविवाह कायमै रहेको उनको भनाई छ । उनी भन्छन्– १३ वर्ष भएपछि छोरीको विवाह गर्नुपर्ने हाम्रो सम्ुदायमा अझैंपनि प्रचलन छ । २० वर्ष पुगेपछि मात्रै छोरीको विवाह गर्छु भन्दा समाजले नकारात्मक दृष्टिले हेर्ने गरेकाले मुस्लिम समुदायले छोरीको विवाह सानै उमेरमा गर्नु पर्ने बाध्यताका कारण पनि छोरीले पढ्न पाउँदैनन् ।’ छोरी बढेपछि बुर्काे नओढी छोरा मानिसलाई हेर्न नहुने धार्मिक मान्यता मुस्लिम समुदायमा अझैपनि छ उनी भन्छन्– जसका कारण बुर्काे ओढेर छोरी स्कूल जान चाँहदैनन् । ‘किशोरावस्थामा प्रवेश गरेका छोरीहरु लाजका कारण विद्यालय नजाँदा उनीहरुले बीचैमा पढाई छाड्नुपर्ने बाध्यता छ’ – आलमले भने ।

यता झापा गाउँपालिका – ३ मा रहेको मुस्लिम गल्स मदरसा व्यवस्थापन समिति अध्यक्ष वासेद अलीले प्राथमिक तहमा मुस्लिम समुदायका वालवालिकाले अध्ययन गर्ने गरेपनि उच्च शिक्षा लिनबाट भने छात्राहरु बञ्चित हुने गरेको बताए । उनले भने– मुस्लिम सुमदायमा रहेको गरिवी र अशिक्षाका कारण छात्रा विद्यार्थीले पढ्ने मन भएपनि पढ्न नपाएको बताए । कतिपय छात्राले पढ्ने मन गर्दा गर्दै १३ वर्षको उमेरमा विवाह गर्नु परेको छ अलीले भने – ‘चेतनास्तर वृद्धि गर्दै उनीहरुलाई पढ्ने वातावरण सृजना गर्न नसक्ने हो भने अझैंपनि यो परम्परका कारण मुस्लिम सम्ुदायका धेरै छोरीहरु शिक्षा लिनबाट बञ्चित हुनुपर्छ ।’

आठ कक्षासम्म पढाई हुने मुस्लिम गल्स मदरसामा यस शैक्षिक सत्रबाट छात्राका लागि मात्र शिक्षा प्रदान गर्ने उद्देश्यले आवास सहितको विद्यालय सञ्चालन गर्ने लागिएको व्यवस्थापन समितिका अध्यक्ष अलीले बताए । उनले भने –‘ गाउँमा धेरै मदरसा भएपनि उच्च शिक्षा अध्ययनका लागि झापापमा एउटा पनि मदरसा छैनन् । त्यसमा पनि छात्रालाई छुट्टै पढाउने मदरसापनि छैन यस्तो अवस्थामा हामीले छात्रा मुस्लिम गल्स मदरसा सञ्चालन गर्नका लागि गाउँपालिकालाई आग्रह गरिहेका छौं ।’

सिङ्गो गाउँपालिका भित्र मुस्लिम समुदायबाट अध्ययन गर्ने वालवालिकाको संख्या दुई हजारको हाराहारीमा रहेपनि न्यून संख्यामा मात्र छात्राले शिक्षा लिने गरेको अलीले बताए । मुस्लिम गल्स मदरसाका प्रधानाध्यापक महमद ताहिरले आफ्नो विद्यालयमा २१० जना विद्यार्थी अध्ययनरत रहेको र जसमा १९० जना छात्राहरु रहेको बताउदै उनले भने –‘ सानो उमेरमा छात्राहरु विद्यालय आउने गरेपनि उमेर वढेसंगै उनीहरु शिक्षाबाट टाढा हुँदा मुस्लिम समुदायका छात्राहरु पढाइबाट बञ्चित छन् ।’

इस्लाम धर्मले शिक्षाबाट कोही कसैलाई वञ्चित गर्नु भनेको छैन प्रधानाध्यापक ताहिर भन्छन् –‘ अभिभावमा चेतनाको कमीका कारण छात्राहरुले शिक्षाबाट बञ्चित हुनु परेको छ ।’

हाल झापा गाउँपालिकाबाट १० जना छात्राले पनि माध्यमिक शिक्षा सम्मको पढाई पूरा गरेका छैनन् । जसका कारण अध्यापन गराउने शिक्षकको समेत खाचो रहेको प्राधानाध्यापक ताहिरले बताए । उनले भने – हामीले मदरसा गल्सलाई व्यवस्थित गर्दै लान कि त अन्य धर्म मान्ने शिक्षक राख्नु पर्छ कि त भारतबाट महिला शिक्षक ल्याउनु पर्छ ।’ अहिलेपनि महिला शिक्षक नहुँदा मदरसामा अन्य समुदायका शिक्षकले अध्यापन गराउँदै आएका छन् ।

यसैबीच गाउँपलिका भित्रका मदरसाहरुलाई व्यवस्थित गर्दै मुस्लिम गल्स मदरसालाई छात्रा मैत्री बनाउन माग गर्दै सोमवार गाउँपालिकाका अध्यक्ष जयनारायण साहाको ध्यानाकर्षण गराएका छन् । उनीहरुले मदरसालाई अन्य सामुदायिक विद्यालय सरहको मान्यता दिँदै सेवा सुविधाहरु उपलब्ध गराउन्ु पर्ने माग समेत गरेका छन् । ध्यानाकर्षण गराउन गाउँपालिका आएका मुस्लिमसमुदायका अगुवाहरुले केही मदरसा अनुदान लिनका लागि मात्र सञ्चालनमा रहेको भन्दै त्यस्ता मदरसाहरु बन्द गरिनु पर्ने माग समेत गरे ।

सामाजिक अगुवा टंक विकले राजधानीमा सञ्चालनमा रहेको पद्यम कन्या क्यापस जस्तै झापा गाउँपालिकामा मुस्लिम समुदायका छात्राका लागि छुट्टै मुस्लिम गल्स मदरसालाई सञ्चालन गर्न सके यस क्षेत्रका धेरै छात्रा शिक्षित हुने बताए । उनले भने –‘ मुस्लिम भएका कराण उ पढाई बाट वञ्चित हुनु हुँदैन उसले जे विषय पढ्न खोज्छ त्यो विषय पढाउन राज्य तयार हुनुपर्छ ।’

यता गाउँपालिकाका अध्यक्ष साहाले राज्यकै नीतिका कारण मदरसाको व्यवस्थापमा समस्या भएको बताए । उनले भने –‘ स्थानीय स्तरमा मदरसा व्यवस्थापनमा हामीले ध्यान दिएकै छौं तर राज्यको नीतिका कारण चाहेर पनि आफ्ना ठाउँका मदरसालाई व्यवस्थापन गर्न सकिरहेका छैनौं ।’

मुस्लिम अगुवाले अघि सारेको मुस्लिम गल्स मदरसाको विकासका लागि गाउँपालिकाले आर्थिक लगायत अन्य सेवा सुविधाका लागि समेत सक्दो सहयोग गर्ने अध्यक्ष साहले बताए ।

झापा गाउँपालिकाका सवै वालवालिकालाई विद्यालयको पह्ुँचमा ल्याउन विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेको र मुस्लिम वालवालिका विद्यालय भर्नाभएपनि छात्राले वीचैमा पढाई छाड्ने समस्यालाई तत्काल समाधान गर्न पहल थालिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *