June 14, 2026

अजोडको ५ औं शाखा बिर्तामोडमा

0

बिर्तामोड ।

देशका विभिन्न ठाउँमा अचल सम्पत्तिको विमा गर्दै आएको अजोड इन्स्योरेन्स लिमिटेड प्रालिले झापाको बिर्तामोडमा पनि शेवा प्रारम्भ गरेको छ । कम्पनीले पाँचौं शाखाको रुपमा सेवा शुरु गरेको हो ।

बिर्तामोडस्थित हनुमान सेन्ट्रलको चौथो तलामा कार्यालय राखेर सेवा सुरु गरेको प्रालिको शाखा उद्घाटन प्रदेश सांसद श्रीप्रसाद मैनाली र अजोडका सञ्चालक समिति अध्यक्ष डा.बिनोदप्रसाद विष्टले संयुक्त रुपमा गरेका छन् । देशभर ३० वटा शाखा सञ्चालित इन्स्योरेन्सले बिर्तामोडमा ५ औ शाखा उद्घाटन गरेको हो ।

इन्स्योरेन्सका सहायक महाप्रवन्धक महेशराज खरेलले एक अर्व कूलपूँजी रहेको बताएका छन् । उनले चुक्तापूँजी ७० करोड रहेको बताए । उनले इन्स्योरेन्सले जम्मा विमा शुल्क आर्जन रकम २५ करोड पुर्याएको बताए । केन्द्रीय कार्यालय काठमाडौंको सुनधारामा रहेको अजोडले यसअघि लहान, जनकपुर, विराटनगर र इटहरीमा शाखाको उद्घाटन गरी सकेको उनले बताए ।

गत असोज २३ गतेदेखि अनौपचारिक रुपमा बिर्तामोडमा कारोवार गर्दै आएको बिर्तामोड शाखा प्रमुख प्रशान्तकुमार राजवंशीले बताएका छन् । सञ्चालक समितिका अध्यक्ष डा.विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मैनाली, एक्सेल डेभलोपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमिया, लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत बिर्तामोड शाखा प्रमुख राजवंशीले गरेको कार्यक्रमको सञ्चालन इन्स्योरेन्सका मुख्य प्रवन्धक वैद्यनाथप्रसाद उपाध्यायले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *