June 14, 2026

प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम अनुमोदित

0

काठमाडौं,

संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियालाई अनुमोदित गरेको छ।

संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मतिले अनुमोदित गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानरारी दिए।

समितिमा थपलियाविरुद्ध परेका ६ उजुरीमाथि र उनका अनुभव र कार्ययोजनाबारे छलफल भएको थियो। त्यस्तै, राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको नाम पनि समितिले अनुमोदन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *