September 16, 2026

ज्येष्ठ नागरिक संघको दोस्रो सभा

0

गौरीगंज , ज्येष्ठ नागरिक संघ गाउँ समिति गौरीगंजको दोस्रो साधारणसभा आज सम्पन्न भएको छ ।

गौरीगंजमा सञ्चालन गरिएको साधारण सभामा अध्यक्ष विश्वप्रसाद अधिकारीले गाउँसमिति गौरीगंजले हालसम्म गरेका कामको विवरण सहितको प्रतिवेदन र समितिको १ लाख ६० हजार ८ सय ११ रहेको आय व्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसअवसरमा गाउँ समिति गौरीगंजको भवन निर्माणका लागि गौरीगंज १ मा दुई कठ्ठा जग्गा निशुल्क प्रदान गरे बापत हरिभक्त गौतम र उनकी श्रीमती धनमाया गौतम, असल छोरी ज्वाँई छविलाल सिटौला र गोमादेवी सिटौला, असल छोरा बुहारी महेन्द्र प्रसाद श्रेष्ठ र शुसीला श्रेष्ठ, ज्येष्ठ नागरिक तर्फ भैरव बहादुर कार्कीलाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

त्यसअवसरमा ज्येष्ठ नागरिक संघ वडा नं। ६ कोषाध्यक्ष भावना बोहराको नेतृत्वमा १२ जनाको टोलीले भजन गाई नृत्य गरेका थिए । गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यत्यमा सम्पन्न साधारण सभामा उपाध्यक्ष दिपेन्द्र थापा, संघका जिल्ला अध्यक्ष भवानी प्रसाद दाहाल, जिल्ला सचिव जय प्रसाद संग्रौला, जिल्ला सह सचिव यज्ञेश्वर बास्तोला, वडा नं। ३ का वडाध्यक्ष मखना महतो लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका गौरीगंज गाउँसमिति वरिष्ठ उपाध्यक्ष रामकृष्ण यादवले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव विष्णुुप्रसाद न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *