September 14, 2026

बिरामीको मन जित्दै डा.गौतम

0

 

डा देवीकुमार गौतम आयुर्वेद चिकित्सा पद्दतिमा नौलो नाम होइन । तर, झापावासीका लागि उनी नयाँ छन् । काठमाडौंको किर्तिपूर आयुर्वेद शिक्षण अस्पतालबाट आयूर्वेदमा वी. ए. एम.एस. गरेर उनले आयुर्वेद चिकित्सामा सेवा प्रारम्भ गरेका हुन् ।

काठमाडौंका विभिन्न अस्पतालमा रहेर सेवा प्रदान गरेका डा गौतम मधुमेहका विरामीका लागि ‘भगवान’ नै हुन् । उनले यस अघि मधुमेहका सयौं विरामीलाई सेवा दिएका छन् । उनको सेवाबाट सयौं मधुमेहका विरामीले आरामको सास फेरेका छन् ।

मधुमेहका विरामीका लागि विशेष उपचार गर्ने भएपनि उच्च रक्तचाप, थाइराइड, वाथ , युरिक एसिड, दम ,पिनास, पायल्स, फिसर र फिस्टुलाको औषधि उपचारमा उनी अब्बल छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका – ६ निवासी गौतम हाल बिर्तामोडस्थित शताक्षी आयुर्वेद क्लिनिकमा आवद्ध छन् । उनले काठमाडौंका विभिन्न सुविधा सम्पन्न अस्पताल छाडेर पूर्वका सर्वसाधारणलाई सेवा दिन आफू झापा आएको बताएका छन् ।

आयुर्वेद चिकित्सा पद्दति आफैंमा मातृ विज्ञान हो । धेरैले यो चिकित्सा पद्दतिलाई मन नपराएपनि डा गौतमले यसैमा भविश्य देखेका छन् अनि यही पद्दतिबाट आधुनिक चिकित्सा पद्दतिले निको पार्न नसकेका विरामीको दीर्घ रोगको निदान गर्दै रमाउने गरेका छन् ।

सेवा नै धर्म हो उनी भन्छन् – ‘ चिकित्सकीय शिक्षा लिँदा मैले जे सिके त्यो समाजका लागि खर्च गर्छु’ मेरो ज्ञानले कसैको जीवन बाच्छ भने त्यो भन्दा ठूलो धर्म अरु के हुनसक्छ डा गौतम प्रतिप्रश्न गर्दै भन्छन् – ‘चारधामको तीर्थ यात्रा भन्दा ठूलो धर्म विरामीको सेवा गर्नु होइन र’ ?

आयुर्वेदका दुई उद्देश्य छन् डा गौतम भन्छन्–‘स्वास्थ्य व्यक्तिको स्वाथ्य रक्षा गर्नु र रोगी व्यक्तिलाई रोग मुक्त बनाउनु ।’ आयुर्वेद र ‘एलोपेथिक’ उपचार पद्दति एक अर्काका परिपूरक हुन् । एउटा उपचार पद्दतिबाट रोग निदान नभए अर्काे पद्दति अपनाएर विरामीको उपचार गर्नु नै हाम्रो धर्म हो डा गौतम भन्छन्– ‘आयु कामयनेन धर्मार्थ शुख साधनम्, आयुर्वेद पदेशेषू विधेय परमादर’ अर्थात आयुको कामना गर्ने व्यक्तिले मात्र धर्म अर्थ काम मोक्षको अनुभूति गर्छन । तसर्थ आयुर्वेदको उपदेशलाई सदैव आदार गर्नु पर्छ ।

आयुर्वेद पद्दतिमा उपचार गर्दा रोग ढिलो निको हुने आम सर्वसाधारणको बुझाई छ । तर, डाक्टर गौतम भन्छन्–नियमित औषधि सेवन गरे आयुर्वेद उपचार पद्दतिले रोग ढिलो निको भएपनि दीर्घकाल सम्मका लागि लाभदायक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *