July 5, 2026

बन्द प्रशिक्षणमा प्रशिक्षण लिँदै मिस टिनका प्रतियोगी

0

बिर्तामोड, वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा भइरहेको मिस टीन प्रदेश नं. १ प्रतियोगिताका चौथो संस्करणमा सहभागी २२ जना प्रतियोगीहरु बन्द प्रशिक्षणमा रहेका छन् ।
गत जेठ १५ गतेबाट प्रदेश नं. १ अन्तर्गत झापाको बिर्तामोड, दमक, इटहरी र इलाममा भएको छनौट चरणबाट छनौट भएका २२ जना प्रतियोगीहरु बन्द प्रशिक्षणमा सहभागी भएको वीरता जेसीजका तालिम संयोजक विकास बस्नेतले जानकारी दिए ।
बन्द प्रशिक्षणमा रहेका मिस टिन प्रदेश नं. १ का प्रतियोगीहरुलाई पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले शुक्रबार आमसञ्चार र पत्रकारिता विषयमा प्रशिक्षण प्रदान गरेका थिए । त्यस्तै उनीहरुलाई यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले साइबर अपराध र आत्महत्या न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए भने जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक सचेतना प्रशिक्षण प्रदान गरिएको थियो ।
त्यस्तै राज शर्माले व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए भने आगन एफएमका सुरज प्रधानले रेडियो उद्घोषण सम्बन्धी प्रशिक्षण दिएका थिए । त्यस्तै उनीहरुलाई स्प्रीकंल कलेजका निरज श्रेष्ठले होटल एण्ड हस्पिटालिपी सम्बन्धी प्रशिक्षण दिएका थिए भने हवी स्वीमिङ कम्प्लेक्समा रमेश श्रेष्ठले स्वीमिङ सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । त्यस्तै उनीहरुलाई योगेश दाहालले फोटोग्राफी सम्बन्धी प्रशिक्षण दिएका थिए भने फेशन डिजाइनर विवेश राईले फेशन डिजाइनिङ सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।
त्यस्तै मिस टिन नेपालकी फष्ट रनर अप मेरी लिम्बूले आफ्नो अनुभूतिको बारेमा जानकारी गराएकी थिइन् भने उनीहरुलाई पवन बिष्टले लागूऔषध दुव्यर्सनविरुद्धको सचेतनात्मक प्रशिक्षण समेत प्रदान गरेका थिए । त्यस्तै उनीहरुलाई इलामको धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको भालुढुंगाको भ्रमण समेत गराइएको थियो । त्यहाँ उनीहरुलाई होमस्टेको बारेमा जानकारी दिनुका साथै त्यस क्षेत्रका पर्यटकीय स्थलहरुको भ्रमण समेत गराइएको थियो ।
इलाम भालुढुंगाका भुषण सुब्बाले ग्रामीण पर्यटनको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए भने इलामको चियाको उत्पादन तथा अन्तर्राष्ट्रिय बजारबारे पर्यटन व्यवसायी तथा चिया उद्यमी हरि गुरुङले जानकारी दिएको वीरता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिका निर्देशक एलसी (लोकचन्द्र) श्रेष्ठले जानकारी दिए ।
किशोरीहरुको व्यक्तित्व विकासका साथै अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वीरता जेसीजका अध्यक्ष एकराज गिरीले जानकारी दिए । आगामी असारको दोस्रो साता प्रतियोगिताको फाइनल गराइने र उक्त प्रतियोगितामा विजेतालाई बोस्टन एजुकेशन फाउण्डेशनको सहयोगमा अम्बिका नर्सिङ एण्ड पारामेडिकल कलेज बैंग्लोरले नर्सिङमा शतप्रतिशत छात्रवृत्ति, प्रतियोगिताको फस्ट रनरअपलाई ५० प्रतिशत छात्रबृत्ति र सेकेण्ड रनरअपलाई २५ प्रतिशत छात्रबृत्ति र प्रतियोगितामा सहभागीलाई १५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने बोस्टन एजुकेशन फाउण्डेशनका सिइओ सुमन शर्मा जमरकट्टेलले जानकारी दिए ।
त्यस्तै बिर्तामोडस्थित पूर्णटुङ्ग विर्तासिटी अस्पतालले तालिमको बन्द प्रशिक्षणमा रहेका प्रतियोगी बिरामी भए निःशुल्क उपचार गर्ने घोषणा गरे अनुरुप बन्द प्रशिक्षणमा रहेका प्रतियोगीहरु युनिषा घिमिरे र तुलसा राजवंशीको उपचार गरिएको कार्यक्रम संयोजक राज सुब्बा लावतीले जानकारी दिए ।
प्रतियोगिताका लागि लिटल क्वीन तथा कोरियोग्राफर आषिमा दूतराज, मोडल तथा कोरियोग्राफर कलाकार मिना मादेन नुमाफुङले कोरियोग्राफी गरिरहेको टे«निङ को–अर्डिनेटर स्वेता कालाखेतीले जानकारी दिइन् । प्रतियोगिता अन्तर्गत शनिबार प्रतियोगीहरुको ट्यालेन्ट शोको आयोजना गरिएको कार्यक्रम निर्देशक श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *