July 5, 2026

राजमार्गमा जेब्राक्रस निर्माण

0

बिर्तामोड,११औं गणतन्त्र दिवसको अवसर पारेर वीरता लेडी जेसीजले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बिर्तामोड सडकखण्डमा जेब्राक्रस निर्माण गरेको छ ।
राजमार्गमा जताततैबाट सडक पार गर्दा सवारी दुर्घटना बढेको भन्दै सवारी दुर्घटना न्यूनीकरण गर्न जेब्राक्रस निर्माण गरेको वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता रिजाल ढकालले बताइन् ।
जेब्राक्रस निर्माण गर्न होटल टाइमलेस मोमेन्टका अध्यक्ष जितेन्द्र बस्नेतले रंग सौजन्य गरेका थिए । जिल्ला ट्राफिक कार्यालय झापाको प्राविधिक सहयोगमा जेब्राक्रस निर्माण गरिएको हो ।
वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता रिजाल ढकालको अध्यक्षता तथा वीरता जेसीजका संस्थापक अध्यक्ष जेसीआई सिनेटर गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक संगीता गिरी र आस्था वाचन कार्यक्रम संयोजक विमला भट्टराईले गरेका थिए ।
वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष नैनकला भट्टराईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वीरता जेसीजका अध्यक्ष एकराज गिरी, वीरता जेसीजका पूर्व अध्यक्ष तथा होटल टाइमलेस मोमेन्टका अध्यक्ष जितेन्द्र बस्नेत, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा बिर्तामोड नगरपालिका वडा नं. १ का वडा सदस्य प्रेम खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव सरु खनालले गरेकी थिइन् ।
वीरता जेसीजद्वारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *