July 5, 2026

जनजाति कल्याण आश्रमको सभा

0

बिर्तामोड, झापाको अर्जुनधारा–५ स्थित जनजाति कल्याण आश्रम नेपालको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रुपक खनालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्य खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्ञाननाथ न्यौपानेले स्वागत गरेका थिए ।
कार्यक्रममा जनजाति कल्याण आश्रमका महासचिव प्रेम थुलुङले संस्थाको परिचयसहित औचित्यमाथि प्रकाश पारेका थिए भने संस्थापक अध्यक्ष बिजेन्द्र अग्रवालले संस्थाले गरेको विगतका कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका–५का वडाध्यक्ष ध्यानबहादुर भारती, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव प्रशान्त भण्डारी, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, जनकल्याण प्रतिष्ठानका राष्ट्रिय उपाध्यक्ष भिखमचन्द्र सरल, उद्योगपति देवकिसन मुण्डा, गोमेन्द्र महाविद्यालयका संस्थापक गणेशप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा जग्गादाता रोशन पोखरेल तथा अम्बिका पोखरेल, संस्थाका संस्थापक अध्यक्ष बिजेन्द्र अग्रवाल, नरेश बर्मा, रञ्जित खनाल, दीपचन साहेबाला, डा. एनबरीलाल राजवंशी लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वीरता जेसीजका कार्यकारिणी उपाध्यक्ष मिक्की कार्की, वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष नैनकला भट्टराई, स्वर्गाश्रम झिलझिलेका अध्यक्ष टेकनाथ ढुंगेल, रौनियार सेवा समितिका संस्थापक सल्लाहकार महेन्द्रप्रसाद गुप्ता, मारवाडी युवा मञ्च बिर्तामोडका अध्यक्ष दीपक मित्तल, संस्थाका कोषाध्यक्ष सत्नारायण अग्रवाल लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रम संयोजक तथा संस्थाका सल्लाहकार वेदप्रकाश अग्रवालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव शत्रुघन रौनियारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *