April 30, 2026

रुखबाट लडेर बालकको मृत्यु

0
इलाम, इलामको रोङ गाउँपालिका- ३ मा शनिबार रुखबाट लडेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानिय भरत राई को ११ बर्षिय छोरा सुनिल राई रहेका छन्। विहान ८;३० बजेतिर आफ्नै घर छेउमा रहेको गोगनको रूखमा चढने क्रममा अचानक लडेर घाइते भएका उनलाई उपचारकालगी विएनसी अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनाबरे थप अनुसन्धान भइरहेको प्रहरी चौकी हर्कटेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *