May 2, 2026

कम्प्युटर शिक्षाका लागि अभियान

0

भद्रपुर, दक्षिणी झापाको एक सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक सहयोग संकलन महाअभियान शुरु गरेको छ ।
झापाको पिछडिएका कचनकवल गाँउपालिका–६स्थित बनियानी चोकमा रहेको लक्ष्मी माध्यमिक विद्यालयले कम्प्युटर शिक्षामा जोड दिँदै आर्थिक सहयोग संकलन महाअभियान शुरु गरेको हो । विद्यालयमा कम्प्युटर ल्याव र ई–लाइव्रेरी निर्माण लागि ४० लाख रुपैयाँ संकलन गर्न महाअभियान शुरु गरेको विद्यालय प्रशासनले जनाएको छ ।
आदिवासी जनजाति समुदायको बाहुल्य रहेको सो विद्यालयमा विपन्न तथा गरीब बिद्यार्थी अध्ययनरत् छन् । सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्दै आए पनि आर्थिक समस्याका कारण विद्यालयमा आवश्यक भौतिक सामग्रीका जडान गर्न नसक्दा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार हुन नसकेको भन्दै अभियान शुरु गरिएको प्रधानाध्यापक खगेन्द्रबहादुर लम्जेल बताए ।
‘स्थानीय मातृभाषाको रुपमा पाठ्यक्रममा तोकिए अनुसार कक्षा ४ देखि ८सम्म कम्प्युटर शिक्षा लागू गरेको छ’– प्रधानाध्यापक लम्जेलले भने– ‘आर्थिक अभावले विद्यार्थीहरुले कम्प्युटर देख्न समेत पाएका छैनन् । जसले गर्दा गुणस्तर घट्दो छ, शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, विद्यार्थी तथा अभिभावकहरु यस महाअभियानमा लागेका हुन्’– उनले भने ।
‘अहिलेको युगमा व्यवहारिक जीवनका लागि पनि विज्ञान र प्रविधियुक्त शिक्षा आवश्यक छ’– शिक्षक रत्न बुढाथोकीले भने– ‘विद्यार्थीहरुलाई कम्प्युटरमा दक्ष बनाउने उद्देश्यले महाअभियानको थालनी गरेका हौं ।’ ‘यसका लागि स्वदेश तथा विदेशमा रहेका अभिभावक, पूर्वविद्यार्थी, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिकर्मी, विभिन्न संघ–संस्था गरी ३० सदस्यीय आर्थिक सहयोग संकलन समिति समेत गठन गरिसकेका छौ’– शिक्षक बुढाथोकीले भने ।
गठित समिति प्रवासतर्फमा अमेरिकाबाट भोजकुमार श्रेष्ठ जापानबाट बीबीन गौतम, बिमल रिजाल, युकेबाट भूमि बुढाथोकी, कोरियाबाट मदन दंगाल, गगन भट्टराई, अष्ट्रेलियाबाट कर्ण राजंवशी, प्रताप खरेल, साउदी अरेबियाबाट मानबहादुर भट्टराई, कतारबाट सोम चौलागाईं, नमूना बिष्ट, कुवेतबाट नवीन गौतम, युएईबाट जीवन दास, निश्चल दाहाल, मलेशियाबाट भोला उप्रेती, विकाश बस्नेत रहेका छन् ।
यस्तै विद्यालयका प्रअ लम्जेल, शिक्षक बुढाथोकी कूलबहादुर कार्की, शिवप्रसाद गुरुङ, कालेन्द्र राजवंशी, जयनारायण राजवंशी, डिल्लीराम भट्टराई, झमक खड्का, तुलसीप्रसाद खतिवडा, दिलबहादुर कार्की, बाशु दाहाल, रबि ओझा, होमनाथ अर्याल, तेजराज मैनाली, हरि बस्नेत, श्याम घिमिरे, चिन्तामणि खरेल लगायत रहेका छन् । वि.स. २०२१देखि प्राविका रुपमा पठनपाठन शुरु गरेको विद्यालयले ०३९ सालमा निमावि हँुदै ०५२ सालमा मावि र ०५८ सालदेखि कक्षा १२सम्म अध्ययापन गराउँदै आएको छ । कक्षा १देखि १२सम्म हाल ९ सय २ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *