April 30, 2026

नेपाल महिला मोर्चाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

0

सुरुङ्गा, असोज १० ।  राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध भातृ संगठन नेपाल महिला मोर्चा झापाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
झापाको सुरुङ्गा स्थित कनकाई सामुदायिक वनको सभाहलमा सम्पन्न अधिवेशनले रिना मगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा संगीता नेम्वाङ, सचिव सोमा राई, उपसचिव कविता माङ्मो, संगठन सचिव सुनिता तिरुवा, कोषाध्यक्ष शान्ता इङ्वारम लिम्बू चयन भएका छन् ।
यसरी नै सदस्यहरुमा चेप्टी राजवंशी, रुपा सेलिङ, तारा त्रिखत्री, कौशिला काम्बाङ, कौशिला फेम्बु, अमृतामाया तुम्वापो, अनिता राई, रिता श्रेष्ठ, ज्योति लिम्बू, कमला बराईली रहेका छन् भने एक जना पछिल्लो बैठकले मनोनित गर्ने जनाइएको छ ।
महिला मोर्चाकी अध्यक्ष पार्वती माङ्मुको सभापतित्वमा सम्पन्न अधिवेशनमा पार्टी केन्द्रिय उपाध्यक्ष तथा महिला विभाग प्रमुख मीना पन्धाकको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा संघीय सभा सदस्य शिवशंकर थापा, तिलसिंह माङ्मु, झापा इनचार्ज भवानीविक्रम सेलिङ, झापा अध्यक्ष पर्शुराम मगर, पत्रकार दिपीन राई लगायतले नवनिर्वाचित समितिलाई शुकामना व्यक्त गरेका थिए । पार्टी केन्द्रिय सदस्य शान्तिदेवी राईले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
सोही दिन पार्टीको विस्तार र विकासमा सहयोग पु¥याएको भन्दै संघीय सभा सदस्यद्वय  शिवशंकर थापा मगर, नारायण चोङ्वाङलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *