April 30, 2026

दुई किलो लागूऔषध गाँजासहित पक्राउ

0

मोरङ, भाद्र २& । मोरङको टंकिसिनुवारीस्थित एक घरबाट प्रहरीले आज दुई किलो लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।
टंकिसिनुवारी-५ मुसहर टोल बस्ने रुकमनी यादवको घरबाट प्रहरीले आज दिउँसो लागूऔषध गाँजा बरामद गरेको हो। यादवको घरमा प्लाष्टिकले पोका बनाई राखेको अवस्थामा सो परिमानको गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।
प्रहरीले बरामद गाँजासहित ६२ वर्षिया यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *