April 30, 2026

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

0

बिर्तामोड, भदौ २४ । मोरङको रंगेली–२ मधुवनीमा चट्याङ पर्दा १२ वर्षीया एक बालिकाको आज मृत्यु भएको छ । चट्याङ लागेर एक युवती घाइते भएकी छिन्। मृत्यु हुनेमा रंगेली–२ निवासी मिलन शर्माकी १२ वर्षीया छोरी चाँदनी शर्मा रहेकी छिन्।
त्यस्तै सोही ठाउँकी १८ वर्षीया सोनम शर्मा घाइते भएकी छिन। बिहीबार विहान घाँस काटेर घरतर्फ आउँदै गर्दा चट्याङ खस्दा चाँदनीको घटनास्थलमै मृत्यु भएको थियो। घाइते सोनमको रंगेली अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *