April 30, 2026

करेन्ट लागेर एक जनाको मृत्यु

0

झापा, भदौ २२ । सिरहाको धनगढी(माई नगरपालिकामा खेतमा पानी पटाउनेक्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। धनगढी(माई नगरापालिका ११ बस्ने अन्दाजी ३५ वर्षका पवन यादवको आफ्नै खेतमा मोटरबाट पानी पटाउनेक्रममा करेन्ट लाग्दा आज दिउँसो मृत्यु भएको हो। मोटर चलाउनेक्रममा अचानक नाग्ङो तार छोइएपछि यादवलाई करेन्ट लागेको थियो। उनको स्थानीय श्रमजिवी अस्पताल धनगढीतर्फ लैजानेक्रममा मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय धनगढीबाट टोली खटिगई प्रारम्भीक अनुसन्धान कार्य पुरा गरी शव पोष्टमार्टमलागी अस्पताल लहान पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *