April 30, 2026

झापा, भदौ २१ । अज्ञात समुहले झापाको गरामनी गाविसस्थित एक घरमा सोमबार राति आगजनी गरेका छन् ।
गरामनी–३ हर्चनास्थित जल सुन्दर राजवंशीको घरमा सोमबार राति पेट्रोल छर्केर आगजनी गरिएको छ। आगजनी गर्ने समुह राजवंशीको घर पछाडीको झ्यालका शिशा फुटाई भित्र प्रवेश गरेको अनुसन्धानबाट देखिएको छ। आगलागीबाट टिनले बनेको घर तथा घरभित्रको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी १० लाख बराबरको क्षति भएको बताइएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनिबाट प्रहरी नायव उपरीक्षकसहितको टोली खटिगई घटनाबारे अनुसन्धान शुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *