June 15, 2026

इलामको सन्दकपुरमा जंगली चितुवाको आक्रमण, दुई जना घाइते

0

इलाम । इलामको सन्दकपुर गाउँपालिका–१ आलुबारी क्षेत्रमा जंगली चितुवाको आक्रमणबाट दुई जना स्थानीय घाइते भएका छन्।

आज बिहान करिब बजे चितुवाले आक्रमण गरेको खबर प्राप्त भएपछि प्रहरी चौकी बन्दुके इलामबाट प्रहरी सहायक निरीक्षक भुमिनन्दन खतिवडाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार सन्दकपुर–१ का ४२ वर्षीय धनबहादुर राईको टाउको, निधार र गालामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

त्यस्तै सोही स्थानका ४० वर्षीय प्रेम राईको अनुहार, दुवै हात तथा आँखामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको छ।

घटनापछि चितुवा नजिकैको जंगलको ओडारमा बसिरहेको जानकारी प्राप्त भएको छ। यसबारे वन कार्यालयलाई समेत जानकारी गराइएको प्रहरीले जनाएको छ। स्थानीय क्षेत्रमा चितुवाको आक्रमणपछि सुरक्षा सतर्कता बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *