बिर्तामोड नगरपालिकाले उत्कृष्ट तीन शिक्षकलाई नगदसहित पुरस्कृत
झापा, झापाको बिर्तामोड नगरपालिकाले उत्कृष्ट तीन शिक्षकलाई नगदसहित पुरस्कृत गरेको छ ।
नगरभित्रका शिक्षकहरुमध्येबाट तीन जनालाई ५० हजार रुपैयाँ, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।
शुक्रवार बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षक, सेवा निवृत्त शिक्षक सम्मान र उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो ।
उत्कृष्ट शिक्षकहरुमा प्रावि तह तर्फ जनता आधारभुत विद्यालयमा कार्यरत सरिता खतिवडा, निमावि तर्फ महेन्द्ररन्त माविका विजय प्रकाश उप्रेती र मावि तह तर्फ महेन्द्ररन्त माविका लक्ष्मी प्रसाद प्रसाई रहेका छन् ।
बिर्तामोड नगरपालिकाले तीन वर्षदेखि शिक्षक, विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको छ ।
यस्तै, १९ जना उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित प्रोत्साहन गरिएको छ । ०८१ सालको आधारभूत शिक्षा परीक्षा ९कक्षा ८० मा ४ जीपीए प्राप्त गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई नगद ५ हजार, प्रमाणपत्रसहित प्रोत्साहन गरिएको हो । उत्कृष्ट विद्यार्थीहरुमा एमिटी माविकी अर्पिता अधिकारी, लालिगुँरास इङलिस् स्कुलकी आर्जु कार्की, लिटल फ्लावर्स अंग्रेजी बोर्डिङ स्कुलका विद्यार्थीहरु दृष्टी मित्तल, निश्चल शाह, प्रजिशा पोखरेल, प्रत्युस प्रसाई, वैभव शर्मा, वेदाशं शर्मा रहेका छन् ।
यस्तै, महेन्द्ररत्न माविका पुजता सुवेदी, मोहनमाया माविका आदित्य अर्याल, आयुशा निरौला, अजयबाबु श्रेष्ठ, अंकुश प्रधान, सलिना बाँस्कोटा, प्रतिक्षा ढकाल रहेका छन् । यसैगरी नवोदय फनमिन इङलिस स्कुलका समिर कुमार यादव, न्यूटन्स एजुकेशन एकाडेमीका कमल कुमार अधिकारी, निदी माविकी युनिशा राजवंशी र तक्षशीला प्रोग्रेसिभमा अध्ययनरत जेशिका श्रेष्ठलाई उत्कृष्ट विद्यार्थी प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।
सो कार्यक्रममा एसईईमा उत्कृष्ट मोहनमायाकी विद्यार्थी केन्सिका गणेशलाई समेत पुरस्कृत गरिएको थियो । उनी यसअघिको कार्यक्रममा छुटेकी थिइन् । सोही कार्यक्रममा निबृत्त शिक्षकहरुलाई सम्मानसहित विदाई गरिएको छ ।
