June 13, 2026

चिया किसानले उचित मुल्य पाएनन्– सांसद राई

0

झापा ।

इलाम क्षेत्र नम्बर–१ का सांसद निश्कल राईले इलामका किसानले चियाको उचित मुल्य नपाएको बताएका छन् ।

आफ्नो क्षेत्रमा नागरिकहरु चियाको पहिलो मुना टिप्न व्यस्त रहेको बताउँदै उनले मिहेनतको उचित मूल्य पाउन नसकेको बताए । ‘उत्पादन लागत अध्ययनको आधारमा चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउन धौधौ छ,’ बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘यस्तै किसानले भोग्नुपरेको मल अभावको विषयमा पनि सभामुख महोदय मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

भारतले चिया निर्यातमा समस्या पैदा गर्दै आएको भन्दै सांसद राईले एकातिर किसान पीडित छन् भने अर्कोतर्फ चिया उद्यमीहरु पनि पीडामै रहेको उल्लेख गरे । उनले भने– ‘चिया निर्यातका लागि हामी केवल भारतीय बजारमा आश्रित छौं । समय समयमा भारतले नचाहिने विषयमा चिया निर्यातमा समस्या पैदा गर्दै आएको छ ।’ अहिले पनि यस्तो समस्या रहेको उनले बताए ।

‘अहिले पनि भारतको पश्चिम बंगाल सरकार चिया तथा कफि विकास वोर्डले फुड सेफ्टी एण्ड स्ट्यान्डर्ड अथुरिटी अफ इन्डियाको नाममा दुख दिइरहेको सांसद राईको भनाई छ । यो किसान तथा उद्यमीको प्रयासबाट समाधान हुने विषय नभएको भन्दै सरकारलाई यस्ता विषयमा गम्भिर बन्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *