May 1, 2026

प्याब्सन कमलद्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान

0

कमल ।

निजी तथा आवशीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमलले नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्याब्सन कमलको आयोजनामा कमल गाउँपालिका ३ केर्खा स्थित गैरी फेमेली रेष्टुरेन्टको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

प्याब्सन कमलका अध्यक्ष दिपक संग्रैंलाको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्याब्सन कोशी प्रदेश सचिव गौरीमान फागो, प्याब्सन कमलका प्रमुख सल्लाहकार बदीराम राई पूर्व जिल्ला सल्लाहकार रामहरी घिमिरे, सल्लाहकार विजयसेन थापा लगायतले नयाँ वर्ष २०८३ को शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा प्याब्सन कमलका पदाधकिारी, सदस्य, विद्यालयका संस्थापक प्रिन्सिपल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम प्याब्सन कमलका सचिव त्रिलोचन गौतमले सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *