June 14, 2026

[कृष्ण प्यासी]

लजाएर मुस्कुराउने, तिम्रो अधर राम्रो।
हेर्दै पागल बनाउने, तिम्रो नजर राम्रो।

शब्द छैन तारिफ गर्ने, कुन शब्दमा बोलौँ,
आँखा आँखा जुधाउने, तिम्रो टक्कर राम्रो।

पल्केछु पो कुन्नि क्या हो, लाग्छ सँधै पाउँ,
वास्नामा नि कति मिठो, तिम्रो अत्तर राम्रो।

कति गर्नु तिम्रो बयान, गरि साध्य छैन,
चंचल त्यो मिलनमा, तिम्रो रहर राम्रो।

सँधै भरि माया गरी, गरौँ मन परी,
फेरी आउंछु क्रेता बनि, तिम्रो शहर राम्रो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *