June 17, 2026

ओली पक्राउको विरोधमा प्रदर्शन: सात जना नियन्त्रणमा

0

काठमाडौं । केपी शर्मा ओलीको पक्राउको विरोधमा गरिएको प्रदर्शनका क्रममा सात जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिंहदरबारको दक्षिण गेटबाट उनीहरूलाई पक्राउ गरिएको हो। नियन्त्रणमा लिइएका सबैलाई हाल परिसरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

परिसरका एसपी पवन भट्टराईले निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिनुपरेको बताए। “हामीले सात जनालाई नियन्त्रणमा लिएर राखेका छौं, निषेधित क्षेत्रमा पुगेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो,” उनले भने।

प्रदर्शनकारीहरू माइतीघर क्षेत्रमा भेला भएर कोणसभा गरेका थिए। ओलीको पक्राउको विरोधमा विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *