June 13, 2026

रुथलेसको नयाँ गीत ‘नखोज मेरो फाइदा तिमी’ सार्वजनिक

0

विराटनगर,

नेपाली युवाहरु प्रति लोकप्रिय नेपाली हिपहप र आरएनबी गीतहरुको निर्माण गर्दै आइरहेको ‘सुपरस्टार इन्टरटेन्टमेन्टले’ केहि बर्षको अन्तरलाल पछि पुन :गीतहरुको निर्माणमा फर्किएको छ।

कम्पनीले केहि राम्रा गीतहरुको फरक शैलीबाट अडियो तथा भिडियोको निर्माण मार्फत पुन :नेपाली सागीतिक क्षेत्रमा फर्कन लागेको हो । सुपरस्टार इन्टरटेन्टमेन्टले शुक्रबार चर्चित कलाकार रुथलेसको स्वरमा रहेको “नखोज मेरो फाइदा तिमी” गीतको भिडियो सार्वजनिक गरेको हो।

सन् २०१४ देखि मिक्सिङ, मास्टरिङ हुदै चर्चित र्यापर भीटेनको लोकप्रिय एल्बम देखि अहिलेका अर्का चर्चित र्यापर याबी द गोटको धेरै गीतहरुको साथमा नेपाली फिल्म धुलोमाण्डूको गीतहरुको समेत म्युजिक प्रोडक्सन गरिसकेका रुथलेसलेको स्वरमा रहेको गीतलाई धेरै युवाहरुले मन पराउने छन् भने गीतको भिडियोमा मोडेल मानुषी गिरीको साथमा निर्देशक विधान आफै फिचर्ड छन । विधान प्रधानले निर्देशन गरेको भिडियोमा युवापुस्तालाई मध्यनजर गरि अत्याधुनिक प्रबिधि र लोकेसनको छनोट गरिएको छ ।

करिब १५ बर्षअघिबाट गीत संगीत र भिडियो निर्माणमा लोकप्रियता छाएको सुपरस्टार इन्टरटेन्टमेन्टले यस गीतको मार्केटिङ तथा ब्रान्डिङमा सहकार्य गरेको छ। नयाँ पुस्ताका श्रोतामाझ लोकप्रिय बन्दै गएको यो गीतले नेपाली संगीत क्षेत्रमा थप योगदान दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *