September 13, 2026

विन्ध्यावासिनी शक्तिपीठमा मत्स्य महापुराण शुरु

0
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–४ भाङबारीस्थित विन्ध्यावासिनी शक्तिपीठ मन्दिरमा बिहीबारदेखि मत्स्य महापुराण तथा धनधान्याञ्चल नवाह भक्ति ज्ञान महायज्ञ सुरु भएको छ ।
मन्दिरको सभाहलमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज जोशीको अध्यक्षतामा आयोजित उक्त महापुराणको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
मन्दिरको १०औं धार्मिक वार्षिक अनुष्ठानअन्र्तगत आयोजित उक्त महापुराण मन्दिर क्षेत्रको वृहत विकास एवम् स्थापना भएको अक्षयकोषको संरक्षण गर्ने उद्देश्य रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले जानकारी दिए । यही चैत १३ गते रामनवमी पर्वको दिन सम्पन्न हुने महापुराणको प्रमुख वाचक आचार्य वेदप्रकाश भट्टराई र उपवाचक पण्डित कृष्ण चापागाईं रहेका छन् ।
त्यसैगरी कार्यक्रममा समितिका अध्यक्ष जोशीले मन्दिरको पृष्ठभूमिसँगै वर्तमान गतिविधि र भावी रणनीति बारे जानकारी गराएका थिए । कार्यक्रममा ब्राइट बिग्निङ एकाडेमीका सहायक प्रधानाध्यापक यमनलाल दनुवारलगायतले मन्तव्य राखेका थिए ।
अर्जुनधारा नगर सभा सदस्य कोपिला थापा, अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिका वरिष्ठ सदस्य चित्रसेन भण्डारी, दाता मीना जोशीलगायतको आतिथ्यता रहेको कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष प्रेम कार्कीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । अर्जुनधारा जलेश्वर धामका बटुकहरुले स्वस्ति वाचन प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव एकदेव खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *