April 30, 2026

एनआरएनए आईसीसी उपाध्यक्षमा झापाका दिनेश पोखरेल सर्वसम्मत चयन

0

झापा ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाधयक्षमा झापाका दिनेश पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।

मिलनसार र सरल स्वभावका पोखरेलले उम्मेद्वारी घोषणा गरे लगत्तै सबै तिरबाट सर्मथन शुरु भएको थियो । अष्ट्रेलियामा बसोबास गर्दै आएका पोखरेलले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को उपाध्यक्षमा सर्वसम्मत गराउन विशेष भूमिका खेलेको भन्दै विश्वभरका एनआरएनए अभियान्ता, सामाजिक अभियान्ता, लगायत सबैलाई धन्यवाद दिएका छन् ।

पोखरेल लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय छन्। एन आर एन ए अष्ट्रेलियाको प्रवक्ता, उपाध्यक्ष (न्यू साउथ वेल्स संयोजक), सल्लाहकार हुँदै हाल उनी एन आर एन ए ओसियाना क्षेत्रीय संयोजकको जिम्मेवारीमा रहेर अष्ट्रेलिया, न्यूजीलैण्ड, पपुवा न्यू गिनी लगायत ओसियाना क्षेत्रमा रहेका नेपाली समुदायका मुद्दा, समस्या र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। प्रवासी नेपालीको एकता, सहकार्य र संस्थागत सुदृढीकरणका पक्षमा उनले गरेको कामका कारण धेरै नेपाली समुदायमा उनको पहिचान स्थापित भएको छ।

भोगाइ र गराइले खारिएको नेतृत्व शैलीका कारण उनलाई धेरैले प्रेरणादायी व्यक्तित्वका रूपमा पनि हेर्ने गरेका छन्। पोखरेल अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष पनि हुन्। हाल उनी सो संस्थामा संरक्षकको भूमिकामा रहेर विश्वभर रहेका झापाली समुदायलाई संगठित गर्ने कार्यमा सक्रिय छन्। नेपालबाट बाहिर बसे पनि आफ्नो जिल्ला, समाज र समुदायसँगको सम्बन्धलाई बलियो बनाउने काममा उनले निरन्तर पहल गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *