April 30, 2026

ग्लोबल मनी विकमा त्रिदेव क्याम्पसमा वित्तीय साक्षरता प्रशिक्षण

0

झापा । त्रिदेव बहुमुखी क्याम्पसनेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा ग्लोबल मनी विकको अवसर पारेर विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले एकदिने प्रशिक्षणमूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा बोर्डका उपनिर्देशक नारायण शर्माको प्रमुख सहजीकरण रहेको थियो। उनले क्याम्पसका शैक्षिक गतिविधिहरूको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि हुने बताए।

त्यस्तै, बोर्डका सहायक निर्देशक राजेश चेम्जोडले धितोपत्र बजारका आधारभूत विषयहरूबारे जानकारी गराउँदै त्यस क्षेत्रमा गरिएको लगानीले व्यक्तिको जीवनमा ल्याउन सक्ने सकारात्मक परिवर्तनबारे सहजीकरण गरेका थिए।

क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विभागीय प्रमुख सावित्रा दाहाल भट्टराईले गरेकी थिइन्। अध्यक्ष भट्टराईले क्याम्पसका शैक्षिक गतिविधि र शैक्षिक क्यालेन्डरबारे जानकारी दिँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए।

कार्यक्रममा दशरथ माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

एक सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूले सेयर बजारबारे जानकारी लिनुका साथै विभिन्न जिज्ञासा राखेका थिए। कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *