September 13, 2026

बालिकालाई संरक्षणका लागि महिला पुनस्थापना केन्द्रमा राखिएको छ – प्रहरी

0

झापा, इलाका प्रहरी कार्यालय अनारमनीले १३ वर्षीया बालिकालाई कुटपिट गरी हिरासतमा राखेको भन्ने समाचारप्रति जिल्ला प्रहरी कार्यालय झापाले गम्भीर ध्याकर्षण भएको जनाएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, अनलाइन लगायतका सञ्चार माध्यममा आएको समाचार प्रति कुनै सत्यता नरहेको भन्दै प्रहरीको व्यवसायिक छविमा आँच पु¥याउने कार्य भएको भन्दै ध्याकर्षण भएको जनाएको हो ।
प्रहरीका अनुसार पछिल्लो समय झापाका विभिन्न स्थानमा चोरी तथा लागूऔषध कारोबार बढिरहेको सूचनाका आधारमा गत फागुन २९ गते राति बिर्तामोड नगरपालिका–४ मियाबारीस्थित एक घरमा छापा मारिएको विज्ञप्तिमा उल्लेख छ ।

छानबिनका क्रममा सोही घरमा डेरा गरी बस्ने २८ वर्षीया मसिना खातुनको साथबाट स्रोत नखुलेको नेपाली नगद ६ लाख ३५ हजार ४६०, भारतीय रुपैयाँ २ लाख ४६ हजार, करिब ३ तोला सुन तथा ४ तोला चाँदीका गहना बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामग्री चोरीसँग सम्बन्धित हुन सक्ने आशंकामा खातुनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रहरीका अनुसार सो क्रममा खातुनका श्रीमान घरमा नभेटिएकाले उनकी १४ वर्षीया छोरीलाई रातिको समयमा सुरक्षाको दृष्टिले महिला पुनःस्थापना केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । बालिकामाथि कुनै पनि प्रकारको कुटपिट वा दुव्र्यवहार नगरिएको प्रहरीको दाबी छ।

प्रहरीले घटनाको वास्तविकता नबुझी समाचार प्रकाशन गर्दा आम जनमानसमा भ्रम सिर्जना हुने भन्दै आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्रै सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *