May 1, 2026

एमाले अध्यक्ष ओलीलाई पितृशोक

0

झापा । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीका पिता मोहन ओलीको गएराति ३ वजे ९६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय मोहन ओली केही समयदेखि अस्वस्थ रहेको बताइएको छ। उनको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *