April 29, 2026

रास्वपाको लहर : झापाका पाँचै क्षेत्रमा अग्रता , शाह र ओलीबीचको मतान्तर ५ हजार १ सय २३

0

झापा, प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवारले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार झापा–१ मा निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भूप्रसाद ढकाल र झापा–५ मा बालेन्द्र शाह अग्रस्थानमा छन्।

झापा–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले सुरुदेखिको अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार शाहले ६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४२८ मत पाएका छन्। यसअनुसार शाह र ओलीबीचको मतान्तर ५ हजार १ सय २३ रहेको छ ।
अन्य दलका उम्मेदवार भने निकै पछाडि छन् । नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले १८६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङले १२९ मत ल्याएका छन्।
यसैबीच अन्य निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले अग्रता कायम राखेका छन्।

झापा–१ मा रास्वपाकी निशा डाँगी ३ हजार १७० मतसहित अग्रस्थानमा छिन्। नेपाली कांग्रेसका केशवराज पाण्डेले १ हजार २८ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र उप्रेतीले ७८० मत पाएका छन्।

झापा–२ मा रास्वपाकी इन्दिरा राना मगर ३ हजार ३९५ मतसहित अगाडि छिन्। नेकपा एमालेका देवराज घिमिरेले १ हजार ३१० मत ल्याएका छन्। राप्रपाका भद्र नेपालले २०३ र नेपाली कांग्रेसकी सरिता प्रसाईले १९१ मत प्राप्त गरेका छन्।
झापा–३ मा रास्वपाका प्रकाश पाठक ४ हजार ७५ मतसहित अग्रस्थानमा छन्। राप्रपाका राजेन्द्र लिङ्देनले २ हजार ७७९ मत ल्याएका छन्। श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले १ हजार ४६८, नेकपा एमालेका हरिबहादुर राजवंशीले १ हजार ३७ र नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८८० मत प्राप्त गरेका छन्।
झापा–४ मा रास्वपाका शम्भूप्रसाद ढकाल ५ हजार २५४ मतसहित अग्रस्थानमा छन्। नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले १ हजार २४८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका देउकुमार थेवेले ४७० मत प्राप्त गरेका छन्।
जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *