September 14, 2026

देवभूमि विद्यापीठको विद्यालय दिवस कार्यक्रम–२०८२ सम्पन्न

0
अर्जुनधारा । 
झापाको अर्जुनधारा नगरपालिका–५स्थित देवभूमि विद्यापीठ अङग्रेजी आवासीय विद्यालयको विद्यालय दिवस कार्यक्रम–२०८२ मंगलबार सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष गीताराज खड्का “हरि”ले उद्घाटन गरेका थिए ।
विद्यार्थी आलोक तिम्सिना, कृतिका गौतम र खुसी नेपालले नेपाली वक्ततृत्व तथा छात्राद्वय बेञ्जु कोइराला र सायरा पौडेलले अङग्रेजीमा भाषण व्यक्त गरेको कार्यक्रममा गीत, नृत्य, रायम्स, नाटक मञ्चन, म्युजिकल ड्रिल, उसु  प्रदर्शन, तेक्वान्दो प्रदर्शन, भलिबल फाइनल खेल आदि प्रस्तुत गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा गत शैक्षिक वर्ष २०८१का एसईई परीक्षामा विद्यालय उत्कृष्ट जीपीए ल्याउन सफल  विद्यार्थी अपेक्षा मिश्रलाई कदर पत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधारी, प्याब्सन अर्जुनधाराका प्रमुख सल्लाहकार रुद्र सिटौला, सल्लाहकार राजेशकुमार आचार्य, सिर्जना शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक विशाल बुढाथोकीलगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक सन्तोष पौडेलले स्वागत मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक समिर नेपाल, विद्यार्थीहरु बेञ्जु कोइराला, युगान्त रिजाल, सायमन कट्टेल, सायरा पौडेललगायतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *