September 15, 2026

दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो

0
गण्डकी, 
आज विहान  धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ ।
पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ«े टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिनुुभयो ।
उहाँका अनुुसार उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उहाँले जानकारी दिनुुभयो ।“प्रहरीबाट प्राप्त जानकारी अनुुसार गाडीमा सवारमध्ये हालसम्म १७ जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन् ।”, उहाँले भन्नुुभयो ।
उक्त बसको चालक सुजित नेपाली रहेको र उहाँको अवस्था पनि हालसम्म अज्ञात नै रहेको साईले जानकारी दिनुुभयो । उहाँका अनुुसार घाइतेहरूको ट्रमा सेन्टरसहित काठमाडौँका हस्पिटल र केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *