September 15, 2026

पूर्वविद्यार्थीद्वारा विद्यालयमा अक्षयकोष स्थापना

0

सङ्खुवासभा ,सङ्खुवासभाको चैनपुर नगरपालिका–२ स्थित श्री आधारभूत विद्यालय पिङडाँडामा पूर्वविद्यार्थी टिका सिम्खडाले आफ्नी छोरी आर्जुको नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

विद्यालयको ६२औँ वार्षिकोत्सवको अवसर पारेर सिम्खडाले उक्त अक्षयकोष स्थापना गरेका हुन्। २०५२ सालमा कक्षा ५ सम्म अध्ययन गरी विद्यालयबाट निस्किएका उनले शनिबार आयोजित वार्षिकोत्सव कार्यक्रममा सो रकम हस्तान्तरण गरेका थिए।

२०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा ५ सम्म अध्ययन सञ्चालन भइरहेको छ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाकी उपप्रमुख एलिना श्रेष्ठ, अक्षयकोषदाता पर्वत श्रेष्ठ, बालविकास माविका सुरेन्द्र तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भास्कर सिम्खडा तथा विद्यालयका प्रधानाध्यापक विनायक सिम्खडालगायतले मन्तव्य व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *