April 29, 2026

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका स्ववियू सभापति विशाल कार्कीको निधन

0

इलाम ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति विशाल कार्कीको निधन भएको छ।

स्ववियू सदस्य विप्लव एक्तेनका अनुसार कार्कीको आज इलाम अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

इलाम अस्पतालका सूचना अधिकारी सुजन अधिकारीले कार्कीलाई बिहान ९ बजेर ५० मिनेटमा अस्पताल ल्याउँदा मुटुको चाल नदेखिएको जानकारी दिए।

अधिकारीका अनुसार अस्पतालमा तत्काल सिपिआर सहितको आपतकालीन उपचार प्रयास गरिए पनि उनलाई बचाउन नसकिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *